श्री जनहित माध्यमिक विद्यालयमा स्वागत छ।

गुणस्तरीय शिक्षा हाम्रो कर्तव्य

विगत छ दशकदेखि विश्वस्तरीय शिक्षा प्रदान गर्दै |

  सूचना

भर्ना खुल्यो

जनहित माध्यमिक विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि भर्ना खुला...

अध्यक्षको भनाइ

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा अवस्थित श्री जनहित माध्यमिक विद्यालय जिल्ला कै नमूना माध्यमिक विद्यालय हो। नमूना विद्यालयको सूचीमा सूचीकृत यस विद्यालयबाट उत्पादित जनशक्ति आज देश तथा विदेशमा उच्‍च पदमा आसिन भै राष्ट्रको विकासमा लागि परिरहेका छन् । सैदान्तिक भन्दा प्रयोगात्मक शिक्षामा जोड दिने विद्यालयको लक्ष्य एवम् उद्देश्य भएकोले आज विभिन्‍न जिल्लाका विद्यार्थीहरुको शैक्षिक आकर्षणको गन्तब्य बनेको छ हाम्रो विद्यालय।प्रयोगात्मक गुणस्तरीय तथा ब्यवहारिक शिक्षा आजको आवश्यक्ता भन्‍ने मूल मर्मलाई आत्मसाथ गर्दै राष्ट्र कै उत्कृष्ठ नमूना विद्यालय विकासको अभियानमा हामीहरु लागि परिरहेका छौ।

धन्यवाद

जयन्द्रलाल थकाली

प्रधानाध्यापकको भनाइ

जनहित माध्यमिक विद्यालयको लक्ष्य ‘प्राविधिक प्रयोगात्मक तथा गुणस्तरीय शिक्षा’भन्‍ने मूल नाराका साथ विद्यार्थीहरुको शैक्षिक सुनौलो भविष्य निर्माणमा हामीहरु लागि परिरहेका छौ। वि.सं-२०११ सालमा प्राथमिक विद्यालयको रुपमा विजारोपण भएको यस विद्यालयमा आज पर्यन्‍त विभिन्‍न विषयहरु सहित कक्षा १२ सम्म सन्चालनमा रहेको छ। माध्यमिक खुला विद्यालय,प्राविधिक धार ९-१२ सिभिलइन्‍जिनियरिङ,अंग्रेजी माध्यम,कक्षा ११ र १२ शिक्षा तथा व्यवस्थापन समूहका विषयहरु शिक्षण हुने गरेका छन्।हिमाली आवासिय छात्रवृत्ति तथा विभिन्‍न अन्य व्यक्तिगत ,गाउँपालिका तथा संघसंस्थाले छात्रवृत्तिको व्यवस्था गरेको यस विद्यालयले कमजोर बालबालिकाहरु लाई मध्यनजर गरेर शैक्षिक योजनाहरु ल्याउँने गरेको छ।
धन्यवाद

रामचन्द्र अधिकारी

हाम्रो गौरवपूर्ण उपलब्धि

0 +

सन्तुष्ट विद्यार्थीहरू

नमुना विद्यालय

0 +

प्रयोगशालाहरू

पाठ्यक्रम

श्री जनहित माध्यमिक विद्यालयमा सञ्चालन हुने पाठ्यक्रमहरू

Scroll to top